भिमाद नगरपालिकाको स‌ंक्षिप्त परिचय

नेपालको संविधानको घोषणा अनुसार राज्य पुनसंरचना अन्तर्गत नेपालको प्रदेश नं ४ तनहुँ जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित यस भिमाद नगरपालिकाको क्षेत्रफल १२९ वर्ग  किलोमिटर रहेको छ । साविक अरुणोदय,किहुँ,भानुमती,भिमाद,माझकोट (१-५,७-९),रिसिङ रानीपोखरी (९), सामुङ भगवतीपुर (२) र गजरकोट (९) गा.वि.स समाविष्ट भई जम्मा ९ वडा कायम भई बनेको यो सुन्दर नगरपालिकाको नामांकन महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले भिमबाँध शब्दको अपभ्रंस भई भिमाद भन्ने शब्द जनजिब्रो र प्रचलित भाषामा लोकप्रिय भएकाले यस ऐतिहासिक स्थलको महिमालाई झल्काउने गरी भिमाद नगरपालिकाको रुपमा नामाकरण गरिएको हो ।

पर्यटकीय, धार्मिक, जैविक विविधतायुक्त वन जंगल, नदीनाला, कृषि उर्वरभुमी र व्यापार व्यवसाययुक्त भएको अनुपम भूमि हो यो ।

यहाँ २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ३१,५०० र मतदाता स‌ंख्या १९,५०० रहेको छ ।